सामान्य बढ्यो प्रभु बैंकको नाफा


बैंकको खबर । प्रभु बैंकको नाफा समान्य बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ०.६२ प्रतिशतले बढेर एक अर्ब चार करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब तीन करोड रुपैयाँ कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन मुनाफा घटेको छ । सञ्चालन मुनाफामा गिरावट आएका कारण बैंकको नाफा थोरै मात्र बढ्न पुगेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.९२ प्रतिशत घटेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज पनि बढेको छ । 

बैंकको प्रतिसेयर आम्दानी थोरै बढेर १७ रुपैयाँ ६८ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा र मुल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब सात करोड रुपैयाँ रहेको छ । बैंकको वतरणयोग्य मुनाफा तीन करोड ४७ लाख रुपैयाँ रहेको छ ।
 

All banking information at your fingertips.

शेयर गर्नुहोस