घट्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, ईपीएस कति ?


बैंकको खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा एक वर्ष अघिको तुलनामा ३.८२ प्रतिशत घटेर १ अर्ब ४६ करोड ४० लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावटठ आएपछि खुद नाफा घट्न पुगेको हो । गत वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ भएको छ । 
सञ्चालन नाफा पनि १९.६३ प्रतिशतले घटेर २ अर्ब ९ करोड ४१ लाख रुपैयाँमा झरेको छ । यस्तै कुल सञ्चालन आम्दानी २.५० प्रतिशत घटेको छ । 

बैंकको खराब कर्जा बढेको छ । विवरणअनुसार खराब कर्जा ०.१३ प्रतिशत विन्दुले बढेर १.९९ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिसेयर आम्दानी ६८ पैसाले घटेर १७ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा, मूल्य आम्दानी अनुपात १४.८० गुण रहेको छ । 

हाल ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब २९ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ ।
 

All banking information at your fingertips.

शेयर गर्नुहोस