नबिल बैंकले कमायो २ अर्ब ५ करोड, ईपीएस पनि बढ्यो


बैंकको खबर । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३९.९७ प्रतिशत बढी हो । एक वर्षअघि बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको सञ्चालन नाफा बढेको र इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको हो । अहिले बैंकले २ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३६.०९ प्रतिशतले बढी हो । गत वर्ष २ अर्ब १२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेको छ । इम्पेरिमेन्ट चार्ज पनि घटेको छ । गतवर्ष पहिलो त्रैमासमा १ अर्ब ११ करोड रहेको इम्पेरिमेन्ट चार्ज अहिले घटेर ४५ करोड ७७ लाखमा झरेको छ । खराब कर्जा घटेका कारण इम्पेरिमेन्छ चार्ज कम छुट्याउनु परेको देखिन्छ । नबिलको खराब कर्जा दर १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ । 

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ भने २२९.४८ रुपैयाँ छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस