सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, तोलाको एक लाख ६५ हजार पुग्यो


अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले चार दिनदेखि लगातार नयाँ रेकर्ड बनाएको छ । आज (२०८१ कात्तिक ४ गते आइतबार) पनि सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ उचाई कायम गरेको छ । गत शुक्रबारको तुलनामा यस दिन चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर आज दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

शेयर गर्नुहोस