समता घरेलु लघुवित्तले पायो एफपीओ जारी गर्न अनुमति


बैंकको खबर । समता घरेलु लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट साढे तीन करोड रुपैयाँ बढीको एफपीओ जारी गर्न अनुमति पाएको छ । 
लघुवित्तले बोर्डमा एक सय रुपैयाँ अंकित दरका तीन करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको तीन लाख ५० हजार ९०४ कित्ता सेयर बिक्री गर्न अमुनति मागेको थियो । 

बोर्डले असोज २९ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस