बैंकिङ प्रणालीमा पाँच अर्ब ३१ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा पाँच अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भन्दैं बैंक तथा वित्तीय संस्थासँग आफूले लिन चाहेको रकम र ब्याजदर खुलाई प्रस्ताव पेस गर्न भनेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा चार अर्ब २४ करोड ८० लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ७९ करोड ६५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुमा २६ करोड ५५ लाख रुपैयाँ मुद्दती निक्षेप राख्न लागेको जनाएको छ ।
राष्ट्र बैंक्ले ३६६ दिन अर्थात २०८१ कात्तिक १३ गतेदेखि २०८२ कात्तिक १२ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक २ गते साँझ सात बजेभित्र ब्याजदर प्रस्ताव गर्न सक्ने जनाएको छ ।
मुद्दती निक्षेपमा पैसा राख्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम गरेको, निष्किृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरलत सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको, अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने लगायतका शर्तहरु राखेको छ ।
All banking information at your fingertips.