प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङद्वारा ६० लाख सहयोग


काठमाडौँ, असोज २३ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले ५० लाख रुपैयाा र कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० लाख रुपैयाँ हस्तान्तरण गरेको साल्ट ट्रेडिङले जनाएको छ ।  

 

कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पोरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पोरेसनले जनाएको छ ।     

शेयर गर्नुहोस