दशैंँ, तिहार र छठका लागि राष्ट्र बैंकले वालेटमा कारोबारको सीमा बढायो
बैंकको खबर । नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ ।
राष्ट्र बैंकले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । अहिले एक दिनमा १० पटकसम्म वालेटमा पैसा जम्मा गर्न मिल्ने व्यवस्था थियो ।
चाडपर्वका समयमा कारोबार धेरै हुने भएकोले सीमा वृद्धि गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले दशैँका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहार र छठका लागि १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा उपलब्ध हुने जनाएको छ ।
All banking information at your fingertips.