बाढी पहिरो पीडितलाई एभरेष्ट बैंककको ५० लाख सहयोग
बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरmलाई राहतका लागि उतm कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखीनै सहयोग गर्दै आएको जनाएको छ ।
All banking information at your fingertips.