२७ अंकले घट्यो सेयरबजार, कारोबार रकममा पनि गिरावट
बैंकको खबर । सेयरबजारमा नेप्से परिसूचक आज (२०८१ असोज २२ गते) २७.३९ अंकले घटेर दुई हजार छ सय ६३.३२ विन्दुमा कायम भएको छ । बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । चार अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरको एक करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर किनबेच भएको छ ।
म्युचुअल फण्ड बाहेक सबै समूहका सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स समूह २.७६ प्रतिशत घटेको छ ।
नेप्सेका अनुसार, मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी ६.८३, माण्डु हाइड्रोपावर ६.३१, प्रभु स्मार्ट फन्ड ५.९६ र थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ५.४४ प्रतिशत बढेको छ ।
यस्तै, इस्टर्न हाइड्रोपावरको सेयरमूल्य ८.५०, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.२४, नेपाल फाइनान्स ६.९८, बोटलर्स नेपाल तराई ५.८८ र कालीञ्चोक दर्शन ५.५० प्रतिशतले घटेको छ ।
All banking information at your fingertips.