एनएमबी बैंकले बुद्ध एयरको टिकट किन्दा १० प्रतिशत क्यास ब्याक दिने, भुक्तानी बुद्ध भिसा डेबिट कार्डबाट हुनुपर्ने


 

बैंकको खबर । एनएमबि बैंकले हवाई टिकट खरिद गर्दा क्यास ब्याक दिने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्ड (co–branded  कार्ड) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक अधिकतम ५०० रूपैयाँसम्म दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा, आफ्ना ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने उद्देश्यले यो अफर घोषणा गरेको बैंकले जनाएको छ । यो अफर छठ पर्व सम्मकोलागि लागू हुनेछ । 

एनएमबि बैंकको हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

All banking information at your fingertips.

शेयर गर्नुहोस