विश्लेषक र विज्ञका नाममा आउने विश्लेषणप्रति सचेत हुन नेप्सेको अनुरोध


बैंकको खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा आउने विश्लेषणलाई आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिने भन्दै लगानीकर्तालाई सचेत हुन अनुरोध गरेको छ ।

नेप्सेले अनुरोध जारी गर्दै अहिलेसम्म नेपालमा कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको स्पष्ट पार्दै त्यस्ता स्वघोसीत विश्लेषकहरुसँग जोगिन भनेको हो । 

नेप्सेले भनेको छ, ‘फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ ।’

यथार्थ बुझेर मात्र लगानी सम्बन्धी निर्णय गर्न नेप्सेले अनुरोध गरेको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस