लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो साधारणसभा


बैंकको खबर । कामना सेवा विकास बैंक लिमिटेडले असोज ३० गते बुधबार वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सोदिन काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा १८औँ वार्षिक साधारणसभा डाकेको हो । साधारणसभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिन बुकक्लोज गर्ने भएको छ। असोज १४ गतेसम्म दोस्रो बजारमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

All banking information at your fingertips.

शेयर गर्नुहोस