यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (२०८१ असोज ८ गते मंगलबार) का लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा तोकेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ०३ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ३० पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३० पैसा र बिक्री दर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा तोकेको छ ।