सुनको मूल्यले बनायो कीर्तिमान, तोलाको एक लाख ५९ हजार २०० पुग्यो
काठमाडौं, असोज ७ । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ वृद्धि भई एक लाख ५९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार छापावाला सुन तोलामा एक हजार सात सय रुपैयाँ बढेको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार)का लागि पनि समान मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।
२०८१ असोज ७ गते सोमबार ।