बैंकिङ प्रणालीबाट आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक
बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (२०८१ असोज ६ गते आइतबार) बजारबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल हुने जनाएको छ ।
राष्ट्र बैंकले १४ दिनका लागि बजारबाट पैसा तान्न लागेको हो । निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुने र असोज २० गते साँवा तथा ब्याज भुक्तानी हुनेछ ।
बोल गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
बोलकबोलमा सहभागी हुन राष्ट्र बैंकले तोकेको शर्तहरु भने पुरा गरेको हुनुपर्ने छ ।
All banking information at your fingertips.