सानिमा रिलायन्सले असोज २३ गते डाक्यो साधारणसभा, लाभांश पारित गर्ने
बीमा खबर । सनमिा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गते वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले नयाँ बानेश्वर शंखमुल स्थित अनमोल बैंक्वेटमा सातौँ वार्षिक साधारणसभा डाकेको हो । साधारणसभा बिहान ११ बजे सुरु हुने इन्स्योरेन्सले जनाएको छ ।
साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने भएको छ ।
इन्स्योरेन्सले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि असोज ११ गते बुक क्लोज मिति तोकेको छ ।
All banking information at your fingertips.