खल्तीबाट वल्र्डलिंकको भुक्तानीमा नामीको ईभी कार जित्ने अफर


बैंकको खबर । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ। यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ ईभी कार जित्न सक्नेछन्।

असोज ३० देखि पुष १० गतेसम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वल्डलिंक इन्टरनेट को बिल भुक्तानी गरी नामी ०१ ईभी कार जित्न सक्ने छन्। यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता सामसुङको प्रडक्ट जित्न सक्नेछन् भने boAt का प्रडक्टहरूमा  ५३ प्रतिशतसम्मको र सामसुङका प्रडक्टहरूमा ३९ प्रतिशतसम्म छुट भौचरहरु प्राप्त गर्न सक्नेछन् ।

यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ। यस योजना अन्तरगत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्र का लागि छनोट हुने खल्तीले जनाएको छ ।  

गतवर्षको दसैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफर मार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौँ सरर’ अफरमा इर्ची जित्ने मौका दिएको छ।

खल्तीले आफ्नो ‘खल्ती फुल दसैँ’ योजना अन्तरगत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चाडपर्वको अग्रिम शुभकामना दिँदै भर्खरै २९औँ वार्षिकोत्सव मनाएको वल्डलिंकको इन्टरनेट भुक्तानीमा आकर्षक उपहारहरू सहित बम्परमा नामी ईभी कार रहेको खल्तीफुल दसैँ योजना घोषणा गरेका हुन् । सबै प्रयोगकर्ताले धेरै भन्दा धेरै कारोबार गरी खल्ती फुल हुने अफरहरू रहेको ‘खल्ती फुल दसैँ’ योजनाबाट लाभान्वित हुनुहुने कुरामा विश्वस्त रहेको खल्तीले जनाएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस