प्रभु बैंकका दुई म्युचुअल फण्डको लाभांश घोषणा


बैंकको खबर । प्रभु क्यापिटलको योजना व्यवस्थापन र कोष प्रवर्धक प्रभु बैंक रहेको दुई बन्दमुखि म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । 

प्रभु क्यापिटल लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको बैठकले इकाइधनीलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट प्रतिफल दिने निर्णय गरेको हो । 

प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित साढे आठ प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेको हो । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस