आजको विदेशी मुद्रा विनिमयदर : डलर, युरो र पाउण्डको भाउ घट्यो


बैंकको खबर । नेपाली बजारमा आज (२०८१ असोज २ गते) अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ्गको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो मंगलबार एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा थियो ।

युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८८ पैसा र बिक्री दर १४९ रुपैयाँ ५५ पैसात तोकेको छ । हिजो एक युरोको खरिद दर १४८ रुपैयाँ ९४ पैसा र बिक्री दर १४९ रुपैयाँ ६० पैसा थियो ।

यस्तै बेलायती पाउण्ड स्टर्लिङ्ग एकको खरिद दर १७६ रुपैयाँ ६५ पैसा र बिक्री दर १७७ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो एक पाउण्डको खरिद दर १७६ रुपैयाँ ७७ पैसा र बिक्री दर १७७ रुपैयाँ ५७ पैसा थियो ।

यस्तो छ आज (असोज २ गते)का लागि विदेशी मुद्राको विनिमयदर

शेयर गर्नुहोस