गरिमा विकास बैंकको डेपुटी सीईओमा रेग्मी नियुक्त
बैंकको खबर । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई डेपुटी सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
रेग्मी विगत दुई वर्षदेखि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । रेग्मी आज असोज १ गतेदेखि लागू हुनेगरी डेपुटी सीईओ नियुक्त भएका हुन् ।
रेग्मीसँग विभिन्न बैंकमा करिब १३ वर्ष काम गरेको अनुभव छ ।
All banking information at your fingertips.