सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


बीमा खबर । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९÷८०को मुनाफाबाट लाभांश घोषणा गरेको छ । 

इन्स्योरेन्सको सञ्चालक समितिको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिका साधारणमा पेश गरिने कम्पनीले जनाएको छ । 

प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

शेयर गर्नुहोस