राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ५० अर्ब तान्ने


बैंकको खबर । बैंकिङ प्रणालीबाट आइतबार ९० अर्ब ४५ करोड रुपैयाँ निक्षेप तानेको राष्ट्र बैंकले आज (सोमबार) फेरि ५० अर्ब रुपैयाँ तान्न लागेको छ । 

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न प्रणालीबाट लगातार पैसा तान्दै आएको छ । आज (२०८१ भदौ ३१ गते) ५० अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । दिउँसो तीन बजेसम्म बोलकबोल हुने निक्षेप संकलन उपकरण आजै निष्काशन हुनेछ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी असोज २१ गते हुनेछ । 

बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको शर्त पुरा भएमा घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग निःशेष जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।

All banking information at your fingertips.

शेयर गर्नुहोस