आजको विनिमय दर : डलरको भाउ स्थिर, युरो घट्यो र पाउण्ड बढ्यो 


बैंकको खबर । नेपाली बजारमा आज (२०८१ भदौ ३१ गते) अमेरिकी डलरको भाउ स्थिर कायम भएको छ, युरोपियन युरोको भाउ घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङ्गको बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ १ पैसा तोकेको छ । हिजो एक युरोको खरिद दर १४८ रुपैयाँ ४९ पैसा र बिक्री दर १४९ रुपैयाँ १६ पैसा थियो ।

बेलायती मुद्रा पाउण्ड स्टर्लिङ्ग एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा तोकेको छ । हिजो आइतबार एक पाउण्डको खरिद दर १७५ रुपैयाँ ५० पैसा र बिक्री दर १७६ रुपैयाँ ४८ पैसा थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

शेयर गर्नुहोस