लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारणसभा
बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडले असोज २० गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो।
बैंकले आफ्नो ३०औँ वार्षिक साधारणसभा असोज २० गते, आइतबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे शुरु हुने जनाएको छ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसबाहेक साधारणसभाले प्रबन्धपत्र र नियमावली संशोधन, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि निर्णय गर्नेछ ।
बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । जसअनुसार असोज सात गतेसम्म दोस्रो बजारमा सेयर खरिद गरी कायम सेयरधनीहरु साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
All banking information at your fingertips.