हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त


बीमा खबर । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । 

इन्स्योरेन्सको सञ्चालक समितिको २०८१ भदौ २७ गते बसेको बैठकले यसै इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत श्रेष्ठलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

आगामी असोज १८ गतेदेखि लागू हुनेगरी श्रेष्ठसँग सीईओ पदका लागि करार/सम्झौता गरिएको इन्स्योरेन्सले जनाएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस