हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस सेयर कति ?
बैंकको खबर । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको लाभांश वितरण गर्ने यो प्रस्ताव आगामी वार्षिक साधारणसभाले स्वीकृत परेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.