आजको विदेशी मुद्रा विनिमयदर


बैंकको खबर । नेपाली बजारमा आज (२०८१ भदौ २७ गते बिहीबार) अमेरिकी डलरको भाउ स्थिर देखिएको छ । युरोपियन युरोको भाउ बढेको छ भने बेलायती पाउण्ड स्टर्लिङको घटेको छ ।

बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ सात पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो एक युरोको खरिददर १४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ भने हिजोको तुलनामा आज केही घटेको छ । राष्ट्र बैंकले आजका लागि एक पाउण्डको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो एक पाउण्डको खरिददर १७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
All banking information at your fingertips.

शेयर गर्नुहोस