बैंकहरुले ऋण लगानी गर्न नसकेपछि केन्द्रीय बैंकलाई तनाब, प्रणालीबाट ४० अर्ब तान्दै
बैंकको खबर । कर्जा विस्तार न्यून भएपछि बैंकिङ प्रणालीमा लगानी योग्य रकम थुप्रिदै गएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न प्रणालीबाट लगातार पैसा तान्दै आएको छ । बुधबार पनि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरेर २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्न लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले अपरान्ह ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ ।
All banking information at your fingertips.