आरविवि मर्चेन्ट बैंकिङले १८ प्रतिशत नगद लाभांश दिने


बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा रहेको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट बैंकलाई १८ प्रतिशत (कर सहित)ले हुने रकम तीन करोड ६० लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । 

राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवद्र्धक रही यस कम्पनी योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आर्थिक वर्ष २०८०/८१ को लागी योजनाको इकाइधनीहरुलाई कर सहित क्रमशः ३.८१ प्रतिशत र ८.७४ प्रतिशतका दरले योजनाको प्रतीफल वितरण गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको देश भर रहेका २९४ वटा शाखा कार्यालयहरुबाट हितग्राही तथा मेरो सेयर खाता खोल्ने कार्य भैरहेको बैंकले जनाएको छ । कम्पनीले दुरदराजमा रहेका लगानीकर्तालाई हितग्राही खाता खोली लगानीको अवसर प्रदान गर्दै आइरहेको छ । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस