नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा, बुकक्लोज असोज ११ गते


बैंकको खबर । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने भएको छ । नबिल बैंक कोष प्रवद्र्धक रहेको फण्डले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सञ्चालक समितिको यही भदौ २५ गते बसेको बैठकले सो खरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाइधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्।

All banking information at your fingertips.

शेयर गर्नुहोस