ज्योति विकास बैंकका ग्राहकलाई शाइन इखाडोल फिटनेसमा छुट हुने
बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा बैंकका ग्राहकहरूलाई १० प्रतिशतको विशेष छुट हुने भएको छ । बैंकले यस समबन्धमा सम्झौता गरेको जनाएको छ ।
सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १०५ छुट प्राप्त गर्नेछन्।
स्विमिङ्ग पूल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
All banking information at your fingertips.