एनएलजी इन्स्योरेन्सको हकप्रद संशोधन


काठमाडौं, भदौ २५। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरको दर संशोधन गरेको छ। इन्स्यारेन्सले यसअघि घोषणा गरेको भन्दा कम दरमा हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो । 

इन्स्योरेन्सले यस अघि ६६ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको थियो । अब भने ६२.५६ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

यसअघि घोषणा भएको हकप्रद सेयर स्वीकृत हुनुभन्दा अगाडि नै साढे पाँच प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको र अब पहिला भन्दा कम हकप्रदा निष्काशन गरेपनि न्यूनतम चुक्ता पुँजी कायम हुने भएकाले हकप्रद सेयरको दर संशोेधन गरिएको कम्पनीले जनाएको छ । 

प्रस्तावित हकप्रद निष्काशनको नयाँ दर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस