बैंक खातामा प्यान नम्बर अध्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
बैंकको खबर । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम स्थायी लेखानम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान नम्बर अध्यावधिक गर्न सकिने बैंकले जनाएको छ । यस्तै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखाकार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक हुन्छ । उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण (ई–टीडीएस) सो प्यानमा प्रविष्ट गरिने भएकाले आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्तगर्न सहजहुने र प्रमाणपत्र लिन बैंकसम्म धाउनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने पनि बैंकले जनाएको छ ।
बैंकले यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा नजिकैको शाखाकार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न भनेको छ ।
All banking information at your fignertips.