बैंक तथा वित्तीय संस्थामा साढे एक अर्ब रुपैयाँ निक्षेप लगानी गर्दै राष्ट्र बैंक
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको छ ।
राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्मका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौ २६ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर खुलाएर आवेदन पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब करोड १२ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको सर्तशरु भने पुरा गरेको हुनुपर्नेछ ।
All banking information at your fingertips.