प्रभु महालक्ष्मी लाइफले डाक्यो वार्षिक साधारणसभा


बीमा खबर ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज २३ गते सातौं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । भदौ २३ गते बसेको सञ्चालक समितिको १७औँ बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । 

इन्स्योरेन्सले साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

साधारण सभाबाट छैठौं साधारणसभाले निर्णय गरेको तत्कालिन चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने विषय पुनरावलोकन गरी बोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीको सात प्रतिशत बराबर हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सन हिसाब, नगद प्रवाह विवतरण लगयात वित्तीय विवरणहरु पारित गर्नेछ । यस्तै पाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने काम पनि गर्नेछ ।

यस्तै प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नुपर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि साधारणसभाले गर्नेछ ।
 

All banking information at your fingertips.

शेयर गर्नुहोस