नेपाली रुपैयाँ र भारतीय रुपैयाँ बीच किन राखियो स्थिर विनिमय दर ?
बैंक खबर । नेपालको वर्तमान विदेशी विनिमय दर प्रणाली वि.सं.२०४९ देखि यथावत रहेको छ । नेपाली रुपैयाँ (ने.रु) को भारतीय रुपैयाँ (भा.रु) सँगको स्थिर विनिमय दर प्रणाली भने वि.सं.२०१७ देखिको हो ।
वि.सं.२०४९ मा नेपाली रुपैयाँको अमेरिकी डलरसँग विनिमय दर भारतीय मुद्रा बजारमा कायम रहेको भारतीय रुपैयाँको अमेरिकी डलरसँगको मिड रेटलाई ने.रु र भा.रु बीचको खरिद विनिमय दरले गुणन गरी निर्धारण गरिने पद्वति अवलम्बन गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अन्य मुद्राहरुसँग कायम रहेका छड्के दरलाई आधार मानी ने.रु को अन्य मुद्राहरुसँगको विनिमय दर निर्धारण गर्ने पद्धति २०४९ देखिको हो ।
वि.सं.२०४९ मा भारतले आफ्नो विनिमय दर प्रणाली परिवर्तन गरी खुला बजार विनिमय दर (परिवर्तनशील) पद्धति अवलम्बन गरेको र नेपालले ने.रु को भा.रु सँगको स्थिर विनिमय दर प्रणालीलाई निरन्तरता दिने नीति अख्तियार गरेकोले यस प्रकारको विनिमय दर निर्धारण प्रक्रिया अवलम्बन गर्नु परेको हो ।
यो विनिमय दर निर्धारण प्रणाली आफैंमा वैज्ञानिक भएकाले २०४९ देखियता बजार विसङ्गति (छड्के विनिमय दरको स्थिति) देखा परेको छैन ।
विद्यमान स्थिर विनिमय प्रणालीले मौद्रिक अङ्कुशको काम गर्नुको साथै समग्र आर्थिक स्थायित्व कायम गर्न मद्दत प¥याएको छ । अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई आर्थिक स्थायित्वको वातावरणले प्रोत्साहित गर्ने भएकोले त्यसको जगको काम स्थिर विनिमय दर प्रणालीले गरेको छ ।
स्थिर विनिमय दर प्रणालीले विप्रेषण आप्रवाहलाई पनि प्रोत्साहित गरेको छ । तर चुलिदो व्यापार घाटा न्यूनीकरण गर्न, कृषिको उत्पादन वृद्वि गर्न, समग्र अर्थतन्त्रको उत्पादकत्व तथा उत्पादन अभिवृद्वि गर्न र मुलुकको साधनको कुशल बाँडफाँटमा उपयोगी हुन सकेन भने आलोचना हुँदै आएको छ ।
विनिमय दर निर्धारण प्रणालीलाई समसामयिक परिमार्जन गर्न विगतमा भएका प्रयास
वि.सं. २०१७ पहिले नेपालमा मूलतः खुला बजार विनिमय दर प्रणाली थियो । नेपालले वि.सं. २०१७ मा भा.रु. सँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेदेखि २०४९ सम्म विनिमय दर प्रणाली र विनिमय दर दुवैमा समसामयिक परिमार्जन गर्ने केही प्रयास गरेको थियो ।
वि.सं.२०१७ मा स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको नेपालले वि.सं. २०४० मा मुद्रा डालो (Currency Basket) प्रणालीमा जाने नीतिगत प्रयास ग¥यो । मुद्रा डालोमा भा.रु. समावेश भए तापनि सो बाहेकका मुद्राहरुसँगको विनिमय दर मुद्रा डालो अनुसार निर्धारण हुने पद्वति २०४० देखि २०४८ सम्म चल्यो ।
नेपालले २०४८ देखि २०४९ सम्म छोटो सङ्क्रमणकालीन करिव १ वर्षको अवधिमा आंशिक परिवत्र्यताको नीति अवलम्बन ग¥यो ।
वि.सं.२०४८ फागुन २१ मा भा.रु. बाहेकका विदेशी मुद्रा आर्जनको ६५ प्रतिशत बजार विनिमययदरमा र बाकी ३५ प्रतिशत सरकारी विनिमय दरमा बिक्री गनुपर्ने र राष्ट्र बैङ्कलाई बुझाउनु (Surrender गर्न) पर्ने आंशिक परिवत्र्यताको व्यवस्था भयो ।
२०४९ असार २६ देखि सो अनुपात ७५ः२५ प्रतिशत कायम गरिएकोमा २०४९ फागुन १ बाट नेपालले चालु खातातर्फ पूर्ण परिवत्र्यताको नीति लियो । भा.रु बाहेक अन्य मुद्राहरुको विनिमय दर निर्धारण बजार प्रक्रियाबाट हुने व्यवस्था नेपालले ग-यो ।
All banking information at your fingertips.