अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
बैंकको खबर । नेपाली बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (२०८१ भदौ २१ गते शुक्रबार)का लागि एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा तोकेको छ । जुन हिजोको तुलनामा तीन पैसा बढी हो । हिजो एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा थियो । आज कायम भएको डलरको मूल्य नेपाली बजारमा अहिलेसममकै धेरै हो ।
आज, युरोपियन युरो, बेलायती पाउण्ड, अस्ट्रेलियन डलर, सिंगापुर डलर, क्यानेडियन डलर, चिनियाँ युआन र जापानी येनको विनिमय दर पनि बढेको छ ।
राष्ट्र बैंकले आज एक युरोपियन युरोको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो एक युरोको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा थियो ।
यस्तै एक पाउण्ड स्टर्लिङको मूल्य १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा कायम भएको छ । हिजो एक पाउण्डको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा थियो ।
यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर
All banking information at your fingertips.