राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै
बैंकको खबर । बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि अहिले वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति छ । राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय प्रणालीमा अहिले छ खर्ब २० अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्न मिल्ने पैसा छ ।
बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले पटकपटक प्रणालीबाट पैसा तानेर अधिक तरलता व्यवस्थापन गर्दै आएको छ ।
आज (२०८१ भदौ १९ गते बुधबार) पनि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलताको सामना गरिरहेका बैंक तथा वित्तीय संस्थाले २१ दिनका लागि राष्ट्र बैंकका पैसा निक्षेप राख्न सक्नेछन् ।
आज दिउँसो ३ बजेसम्म अनलाई बिडिङ हुने निक्षेप संकलन आजै निष्काशन हुने छ भने २०८१ असोज ९ गने साँवा तथा ब्याज भुक्तानी हुनेछ ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाा र बढीमा पाँच करोड भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
All financial information at your fingertips.