अमेरिकी डलरको भाउले फेरि बनायो रेकर्ड
बैंकको खबर । नेपाली बजारमा अमेरिकी डलरको भाउ फेरि रेकर्ड मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज बुधबार (२०८१ भदौ १९ गते)का लागि एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा तोकेको छ । जुन अहिलेसम्मकै उच्च रेकर्ड मूल्य हो । यसअघि गत साउन २९ गते डलरको भाउ यही मूल्यसम्म पुगेको थियो । साउन २९ गतेपछि घट्दै गएको डलरको भाउ आज फेरि सोी विन्दुमा पुगेको हो । हिजो मंगलबार डलरको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुश्रपैयाँ ५८ पैसा थियो ।
युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने हिजोको तुलनामा आज घटेको छ । राष्ट्र बैंकले आजका लागि एक युरोको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा थियो ।
यसैगरी आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा कायम छ । हिजो एक पाउण्डको मूल्य १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७६ पैसा थियो ।
आजको विदेशी मुद्राको विनिमयदर
All financial information at your fingertips.