ज्योति विकास बैंकका ग्राहकहरुलाई टिस्टुङ रिसोर्टमा छुट


बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले मकवानपुरस्थित टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

सम्झौतापछि  बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना तथा रुम चार्जमा १५ प्रतिशत र बेभरेजमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस