सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियो


बैंकको खबर । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपिएको छ । 

प्रतिनिधिसभाको आज (भदौ १८ गते मंगलबार) को बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

समितिको अवधि भदौ २२ गते सकिदै थियो । 

All banking information at your fingertips.

शेयर गर्नुहोस