सुपरमाई हाइड्रोपावरले घोषणा ग-यो लाभांश


बैंकको खबर । सुपरमाई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । हाइड्रपावर सञ्चालक समितिको भदौ १७ गते सोमबार बसेको बैठकले १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांशमध्ये चुक्ता पुँजी ५० करोडको सात प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश वितरण गर्नेछ ।

लाभांश सम्बन्धी सो प्रस्ताव नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृतिका लागि पठाउने र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ । 

शेयर गर्नुहोस