ज्योति विकास बैंकका ग्राहकहरुलाई संगम स्विट्समा १० प्रतिशतसम्म छुट
बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘संगम स्विट्स’मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको जनाएको छ ।
सम्झौता पत्रमा हस्ताक्षरपश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ‘संगम स्विट्स’ को कमलपोखरी आउटलेटमा न्युनतम २०० रुपैयाँ को खरिदमा १० प्रतिशतसम्मको आकर्षक छुटको लाभ लिन सक्नेछन् ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
All financial information at your fingertips.