कुमारी बैंकले उद्यमशिलता प्रवर्धनका लागि क्यूआर कारोबारका आधारमा कर्जा दिने
बैंकको खबर । कुमारी बैंकले उद्यमशिलता प्रवर्धनका लागि क्यूआर कारोबारको आधारमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले देशभर उद्यमशिलता प्रवर्धनका लागि “देशैभरी बर्षै भरी उद्यमी” केन्द्रित वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको र उद्यमीलाई वित्तीय सवलता प्रदान गर्ने उद्देश्यले क्यूआर कारोबारको आधारमा क्यूआर धितोमा क्युआर मर्चेन्ट फोन लोन सुविधा उपलब्ध गराउने जनाएको छ ।
यस योजना अन्तर्गत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यवसायको खाता खोली क्यूआर मार्फत प्रतिहप्ता कम्तिमा दुई ब्यवसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तिमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुदा उद्यमीहरुले दुईलाख रुपैयाँसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्नेछन् ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिका सोही एप मार्फत नै गर्न सकिने भएकोले ब्यावसायीलाई कर्जा लिन र भुक्तानी गर्न बैंक धाउन नपर्ने भएको छ ।
यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने र उनीहरुको उद्यमशिलता प्रर्वद्धनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
२०८१ भदौ १७
All banking information at your fingertips.