आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर स्थिर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो
बैंकको खबर । आज (२०८१ भदौ १७ गते सोमबार) नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो आइतबार पनि सोही मूल्य कायम थियो ।
युरोपियन युरोको भाउ भने हिजोको तुलनामा आज घटेको छ । राष्ट्र बैंकले आजका लागि एक युरोको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो एक युरोको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ छ पैसा थियो ।
बेलायती पाउण्डस्टर्लिङको मूल्य पनि हिजोको तुलनाम आज घटेको छ । आज एक पाउण्डको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा तोकिएको छ । हिजो एक पाउण्डको खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा थियो ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा तोकेको छ ।
जापनिज येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैया २० पैसा, दक्षिण कोरियन वोन १०० को खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ पाँच पैसा तोकेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकेको छ ।
All financial information at your fingertips.
२०८१ भदौ १७ गते सोमबार