घट्यो अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्डको भाउ
बैंकको खबर । अमेरिकी डलरको भाउ आज (२०८१ भदौ १४ गते शुक्रबार) घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो (बिहीबार) एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ तीन पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा थियो ।
हिजोको तुलनामा आज युरोपियन युरोको भाउ पनि घटेको छ । राष्ट्र बैंकले आजका लागि एक युरोपियन युरोको खरिददर १४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो एक युरोको खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा तोकेको थियो ।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आजका लागि एक पाउण्डनको खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४५ पैसा तोकिएको छ । हिजो एक पाउडनको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा थियो ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
All financial information at your fingertips.