खल्तीले ल्यायो ‘कार सुरक्षा’ : ९९९ रुपैयाँमै २०,००० रुपैयाँ भन्दा बढीका सेवाहरू , सवारीसाधन इनस्योरेन्स निःशुल्क


बैंकको खबर । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले नाडा अटो शो २०२४ को अवशरमा  ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभिन्न कार सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक ९९९ रुपैयाँ मात्र शुल्क लाग्ने छ। तर प्रयोगकर्ताले २०,००० रुपैयाँ भन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्नेछन्।

सवारी सम्बन्धी विभिन्न सामग्रीहरूका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राईब गर्दा प्रयोगकर्ताले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् । सेवा प्रदायकहरूमा कार मर्मत सेवा, कार डिटेलिङ, कार धुने सेवा, टायर सम्बन्धी सेवा देखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सेवाहरू सम्ममा छुटहरू उपलब्ध रहनेछ।

खल्तीबाट आफ्नो सवारीको इनस्योरेन्स गर्ने प्रयोगकर्ताहरूका लागि कार सुरक्षा निःशुल्क रहेको समेत खल्तीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती ब्लुबुक  नवीकरण सेवामा ग्राहकहरूको उत्साहलाई मध्यनजर गर्दै, सवारीको मर्मतसम्भारमा रहेको आर्थिक भारको चुनौतीलाई कम गर्ने उद्देश्यका साथ खल्तीले ‘कार सुरक्षा’ नामक बजेट फ्रेन्ड्ली प्याकेज उपलब्ध गराएको बताए। प्रयोगकर्ताहरूका लागि खल्तीको तर्फ बाट ब्लुबुक नवीकरण, हरियो स्टिकर सेवा प्रदान गर्नुको साथै विभिन्न सवारीसाधन सेवा प्रदायकहरू सँग सहकार्य गर्दै कार मर्मत देखि थुप्रै कार सेवामा छुटको व्यवस्था गरेको जानकारी खड्काले दिए । 

वार्षिक ९९९ रुपैयाँमा सुरु हुने यस प्याकेजको सब्सक्रिब्सनबाट प्रयोगकर्ताहरूले आफ्नो कार सम्बन्धी सेवा सुविधामा भरपुर लाभ उठाउनेमा विश्वस्त रहेको खल्तिले जनाएको छ । 

खल्तीले ‘खल्ती सुरक्षा’ र ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा सब्स्क्रिब्सन प्याकेज समेत उपलब्ध गराउँदै आइरहेको छ। सो प्याकेजमा खल्तीले ५ लाख ३० हजार रुपैयाँ सम्मको स्वास्थ्य र दुर्घटना घटना बिमा साथै १ लाख ५० हजार रुपैयाँ सम्मको विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूमा छुट उपलब्ध गराइरहेको छ।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख ं एजेन्ट, ६० हजार ं मर्चेन्ट व्यवसायी, ५५ं बैंक तथा वित्तीय संस्था, १५००ं सहकारी र ३००ं कर्मचारीको परिवारमा रूपान्तरण भएको खल्तीले जनाएको छ। 

सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ(कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस