सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौं, भदौ १३ । नयाँनयाँ उचाई बनाउँदै गएको सुनको सुनको मूल्यले बिहीबार फेरि नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर हालसम्मकै सर्वाधिक उचाइमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँ पुगेको छ । बुधधबार प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँ थियो ।
बिहीबार चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ८५५ रुपैयाँ थियो ।
All financial information at your fingertips.