अमेरिकी डलरको भाउ बढ्यो, युरो र पाउण्ड घट्यो
बैंकको खबर । बिहीबार नेपाली बजारमा अमेरिकी डलरको भाउ केही बढेको छ भने युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ सामान्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा तोकेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा थियो ।
बिहीबारका लागि एक युरोपियन युरोको खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा तोकेको छ । बुधबार एक युरोको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा थियो ।
यस्तै बिहीबार एक पाउण्ड स्टर्लिङको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा तोकेको छ । बुधबार एक पाउण्ड स्टर्लिङको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा थियो ।
यस्तो छ आजको विनिमयदर
All financial information at your fingertips.